Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माघे मेला भर्न गएको जीप दुर्घटना हुँदा दुईको मृत्यु

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बिर्तामोड, झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।

झापा कनकाई नगरपालिका-३, नयाँ बस्तीमा बिहीवार साढे ९ बजेको समयमा बिर्तामोडबाट पश्चिमतर्फ कनकाई माईबेनी मेला भर्न जाँदै गरेको मे. १ च. ४५१५ नम्बरको पिकअप र अर्को विपरित दिशातर्फ जाँदै गरेको ना. ५ ख. २१४९ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा पिकअपमा रहेका भद्रपुर नगरपालिका ८ बस्ने वर्ष ४० की सुस्मा राजवंशी र उनको छोरा डेढ वर्षीया छोरा आरुती राजवंशीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसैगरि सोहि दुर्घटनामा परी थप ११ जना घाइते बनेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले बताइएको छ ।

दुर्घटनामा परि मृतकका ४० वर्षीया श्रीमान् आफूद राजवंशी समेत सख्त घाइते भएका छन् । उनको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।

यसैगरि मृतककै छोरा १५ वर्षीय आशिस राजवंशी समेत घाइते बनेका छन् ।

अन्य घाइतेहरूमा झापा मेचीनगर नगरपालिका -१५ निवासी ६५ वर्षीया फूलमनि मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिस राजवंशी, झापा भद्रपुर नगरपालिका -४ निवासी ४० वर्षीया पुस्पलाल राजवंशी, भद्रपुर नगरपालिका -९ निवासी ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका -१० निवासी २९ वर्षीया अन्जली राई, बिर्तामोड नगरपालिका -३ निवासी २४ वर्षीया अभिषेक राजवंशी, मेचीनगर नगरपालिका -१५ निवासी १५ वर्षीया कृतिका राजवंशी, भद्रपुर नगरपालिका -४ निवासी ४५ वर्षीया पाथल राजवंशी घाइते हुनु भएको हो ।

घाइतेहरुको बिर्तामोडस्थित बि एन्ड सी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै पूर्वको पवित्र माईबेनी मेला भर्न जाँदै गरेका तीर्थयात्रीहरू रहेको बताइएको छ ।

यता कनकाई नगरपालिका-४, कनकाई माईपुलमा पहिचान नखुलेको एक सेतो रङ्गको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका-४ निवासी ३५ वर्षीया कमल पराजुलीको मृत्यु भएको छ ।

बा ए बी २१२६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको कारले ठक्करदिदा टाउकोमा गम्भिर चोट लागि उपचारका लागि बिर्तामोडमा लैजाँदा चिकित्सकले बुधबार राति ९ः २० बजे मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Page Views: 128
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama