Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टी-२० विश्वकप खेल्ने नेपाली टीमको बिदाइ

- shuvadmin / शनिबार, माघ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालले भारत र श्रीलंकामा आगामी फेब्रुअरी र मार्चमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने टीमको बिदाइ गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम गर्दै राष्ट्रिय टिमलाइ बिदाइ गरेको हो।

नेपाली टोलीले विश्वकपअघि श्रीलंका र भारतमा गएर केही अभ्यास शृंखला खेल्ने कार्यातालिका रहेको छ।

नेपाली टोली आइतबार प्रस्थान गर्ने क्यानले जनाएको छ।

बिदाइ कार्यक्रममा‌ क्यान सचिव पारस खड्काले नेपाली टीमलाई शुभकामना दिँदै भारतमा गएर समर्थकले पनि साथ दिने विश्वास ब्यक्त गरे।उनले भने– ‘विश्वकपलाई समग्र विश्वले हेरिरहेको हुन्छ, हामी राम्रो गरिरहेका छौँ।

विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टीम सबैलाई शुभकामना छ।’

कप्तान रोहित पौडेलले पनि राम्रो तयारी गरिरहेको भन्दै अभ्यासले टीममा राम्रो भएको र थप अभ्यासले टीम निखारिने बताए।

उनले सन् २०२५ एकदम राम्रो भएको भन्दै यो वर्ष पनि थप राम्रो गर्ने विश्वास ब्यक्त गरे।

प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

उनले योजनालाई अन्तिम रूप दिनका लागि लगातार अभ्यासमा रहेको बताए। उनले विश्वकपमा राम्रो प्रदर्शन गरेर सबै नेपालीलाई खुसी दिने बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

उनले भारतसँगको कन्डिशन र नेपालको मिल्ने भएकाले खेलाडीले राम्रो गर्ने विश्वास ब्यक्त गरे।

नेपालले आफ्नो समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग समूहचरणमा प्रतिस्पर्धा गर्ने छ।

त्यसअघि नेपालले श्रीलंका गएर श्रीलंका ‘ए’ र भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने कार्यतालिका रहेको छ।

नेपाली टोली

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

Page Views: 80
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama