Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महावीर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी, एमालेबाट निर्वाचित वडाध्यक्ष पुर्जाको समर्थन

- shuvadmin / मङ्गलबार, माघ ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

आजै मात्र प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्तासमेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् ।

पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

एमालेले सो ठाउँमा केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

अर्थमन्त्री रामेश्वर खनालले आज मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका थिए ।

अर्थमन्त्री खनालले फेसबुकमा लेखेका थिए, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

पुनसँगै सुशीला कार्की नेतृत्वको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए ।

Page Views: 120
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama