Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिनिधिसभा निर्वाचनमा ३,४८४ उम्मेदवार, महिलाको सहभागिता ११ प्रतिशत

- shuvadmin / बुधबार, माघ ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलबाट उम्मेदवारी दिनेहरूमध्ये २ सय ३५ जना ९१० प्रतिशत० महिला, २ हजार ६४ जना (९० प्रतिशत) पुरुष र १ जना अन्य लिङ्गका उम्मेदवार छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १ सय ८७ पुगेको छ, जसमा १ सय ६० महिला र १ हजार २४ पुरुष रहेका छन् ।

कुल उम्मेदवारमध्ये महिलाको संख्या ३ सय ९५ (११ प्रतिशत), पुरुष ३ हजार ८८ (७९ प्रतिशत) र अन्य १ जना रहेको आयोगले जनाएको छ ।

उमेर समूहका आधारमा हेर्दा ३६ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै छन् ।

यस समूहमा ४६ प्रतिशत अर्थात् १ हजार ६ सय १० जना उम्मेदवार दर्ता भएका छन्, जसमा २ सय ३५ महिला र १ हजार ३ सय ७५ पुरुष छन् ।

२५ देखि ३५ वर्ष उमेर समूहमा १६ प्रतिशत अर्थात् ५ सय ८३ जना उम्मेदवार छन् भने ४१ देखि ४५ वर्ष उमेर समूहमा ३१ प्रतिशत अर्थात् १ हजार ९० जना उम्मेदवार दर्ता भएका छन् ।

४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या ५ प्रतिशत अर्थात् २ सय १ रहेको छ ।

निर्वाचन आयोगका अनुसार यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलको संख्या ६८ पुगेको छ ।

Page Views: 129
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama