Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापामा महिला उम्मेदवारको चुनौतीपूर्ण यात्रा, तीन प्रभावशाली महिला उम्मेदवार एउटै क्षेत्रमा

- shuvadmin / बिहिबार, माघ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, आगामी निर्वाचनमा झापाबाट न्यून संख्यामा उम्मेदवारी दिने अवसर पाएका महिला उम्मेदवारहरुले आफ्नो शक्ति प्रदर्शन गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने देखिएको छ।

कुल ९० जना उम्मेदवारमध्ये जम्मा १४ जना महिला उम्मेदवार रहेका छन्, जुन करिब १५ प्रतिशत हो।

संख्यात्मक हिसाबले कम भए पनि उनीहरुको पृष्ठभूमि र क्षमता पुरुष उम्मेदवारभन्दा कमजोर छैन।

क्षेत्र नं. २ मा तीनजना सशक्त महिला उम्मेदवार आमनेसामने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसबाट पूर्वकृषि राज्यमन्त्री सरिता प्रसाई, र पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री धर्मशीला चापागाई उम्मेदवार बनेका छन्।

उनीहरुसँगै निवर्तमान सभामुख देवराज घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वागत नेपाल पनि प्रतिस्पर्धामा छन्।

क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले एमालेका सहकारी विज्ञ रामचन्द्र उप्रेती र कांग्रेसका युवा नेता केशवराज पाण्डेलाई टक्कर दिनुपर्नेछ।

डाँगी यसअघि समानुपातिकतर्फ सांसद बनेकी थिइन् । तर, प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बनेकी हुन्।

क्षेत्र नं. ५ मा नेपाली कांग्रेसकी मन्धरा चिमरियालाई अझ ठूलो चुनौती छ। यस क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेका छन्।

झापामा सात दलबाट १३ महिला उम्मेदवार र २ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

सबैभन्दा बढी महिला उम्मेदवार क्षेत्र नं. २ मा रहेका छन्, जहाँ पाँच दलबाट पाँच महिलाले उम्मेदवारी दिएका छन्।

अन्य क्षेत्रमा पनि विभिन्न दलका महिला उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो निर्वाचनमा झापाबाट कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेका थिएनन्।

२०७४ सालमा झापा क्षेत्र नं. २ मा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् भने २०६४ सालको संविधानसभा निर्वाचनमा धर्मशीला चापागाईले जितेकी थिइन्।

त्यसबाहेक झापाबाट संसदीय निर्वाचनमा महिलाले जित्न सकेका छैनन्।

Page Views: 125
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama