काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–१ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।
उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला निर्वाचन कार्यालयमा इमेलसमेत गरिसकेकी छिन् ।
आफू उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न धादिङ जाँदै गरेको उनले बताइन् । उनी उम्मेदवार बनेपछि उनको योग्यतामाथि प्रश्न उठेको थियो ।
मनोनयन गरेको केही घण्टा नबित्दै उनीसँग जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) रहेको खबर बाहिरिएको थियो ।
उनको उम्मेदवारी संविधान र प्रचलित कानूनविपरीत रहेको भन्दै प्रश्न उठाइएको छ ।
धादिङको गजुरी गाउँपालिकाअन्तर्गत मलेखु स्थायी ठेगाना भएकी तामाङ पार्टीभित्रका अन्य आकांक्षी तथा कार्यकर्तालाई उछिनेर उम्मेदवारका लागि सिफारिस लिन सफल भएकी थिइन् ।