Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बालेनलाई आत्मालोचना गर्न निर्माण व्यवसायी महासंघको माग

- shuvadmin / सोमबार, फागुन ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५, का उम्मेदवार बालेन्द्र साह (बालेन) लाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्माण व्यवसायीहरुले माग गरेका छन् । ‘रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो’ भनी बालेनले दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको हो ।

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा समेत प्रस्तुत गरिएका र प्राविधिक व्यक्ति (इन्जिनियर) को पृष्ठभूमिका उनले निर्माण कार्यहरुमा भइरहेका ढिलाइका विषयमा वास्तविक सत्यतथ्य बुझी समाधानको बाटो पहिल्याउनुपर्नेमा त्यस किसिमको अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली भएको महासंघको निचोड छ ।

महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुलुकमा विद्यमान ऐन, कानूनहरु नै विकास निर्माणका बाधक भएको तथ्य जगजाहेर भइसकेको परिप्रेक्ष्यमा एक जिम्मेवार पार्टीबाट जिम्मेवार पदाधिकारीबाट निर्वाचनको पूर्वसन्ध्यामा मुलुकका ३० हजारभन्दा बढी निर्माण व्यवसायीहरुको तेजोबध गर्ने किसिमले आएको उक्त अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिक रुपमा आत्मालोचना गर्न महासंघ जोडदार माग गर्दछ ।’

यस्ता अमर्यादित र उत्तेजक भाषणबाजीलाई गम्भीर रुपमा लिई निर्देशन दिन महासंघले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ । साथै, अन्य दलका नेतालाई पनि जिम्मेवारीबोधसहित आफ्ना अभिव्यक्ति दिन आग्रह गरिएको छ । महासंघले निर्वाचनपछि बन्ने सरकारको पहिलो बैठकमै नयाँ शिराबाट पूर्वाधार क्षेत्रको विकास विस्तारका लागि अत्यावश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गर्न पनि अनुरोध गरेको छ ।

Page Views: 88
संबन्धित शिर्षकहरु
केहि भागमा आंशिक बादलसहित पानी पर्ने
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama