Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कास्कीमा निर्वाचन अवधिभर मदिरा बिक्री–सेवनमा प्रतिबन्ध

- shuvadmin / शुक्रबार, फागुन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कास्की जिल्लामा आज राति १२ बजेदेखि मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचना अनुसार निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा यो प्रतिबन्ध लागू गरिएको हो।

बन्द गरिएको कारोबार अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म यथावत् रहने जनाइएको छ। निर्वाचन अवधिमा शान्ति–सुरक्षा कायम राख्न होटल तथा मदिरा व्यवसायी, राजनीतिक दल र सर्वसाधारणसँग प्रशासनले सहयोगको अपिल गरेको छ। सूचनाको उल्लंघन गरेको पाइएमा सुरक्षा निकायबाट निगरानी गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

Page Views: 146
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama