Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बंगलादेशमा अन्तरिम प्रधानमन्त्री युनुसले १८ महिनाको कार्यकाल सफल भएको दाबी”

- shuvadmin / आइतबार, फागुन १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ढाका । बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले आफ्नो १८ महिनाको कार्यकालले देशको सार्वभौमसत्ता, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनः स्थापित गरेको दाबी गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले स्पष्ट पारे– अब बंगलादेश कसैको अर्ती वा दबाबमा चल्ने राष्ट्र छैन। उनले आफ्नो कार्यकालमा देशको परराष्ट्र नीतिलाई स्वतन्त्र, मर्यादित र क्षेत्रीय सहयोगमुखी बनाउने काम सफल भएको जिकिर गरे।

प्रधानमन्त्री युनुसले बंगलादेशको खुला समुन्द्रलाई ठूलो रणनीतिक सम्पत्ति भएको उल्लेख गर्दै भने– “हाम्रो खुला समुन्द्र केवल भौगोलिक सीमा मात्र होइन, यो विश्व अर्थतन्त्रमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण ढोका हो। यसले दक्षिण एसियाली क्षेत्रका देशहरूसँग आर्थिक अवसर र कनेक्टिभिटी विस्तारको ढोका खोल्छ।” उनले नेपाल, भुटान र उत्तर-पूर्वी भारतसँग क्षेत्रीय सहयोग बढाउन सकेमा बंगलादेशको विकासलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए।

सन् २०२४ अगस्टदेखि सुरु भएको युनुसको अन्तरिम शासन मंगलबार नयाँ सरकारको शपथ ग्रहणसँगै समाप्त हुँदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले २९७ मध्ये २०९ सिट जितेर भारी बहुमत हासिल गरेको थियो।

पदबाट बिदा लिनुअघि युनुसले सबै नागरिकलाई आह्वान गरे कि उनीहरू पार्टी, धर्म वा जातभन्दा माथि उठेर न्यायपूर्ण, मानवीय र लोकतान्त्रिक बंगलादेश निर्माणमा जुटून्। उनले भने, “हामीले आफ्नो स्वतन्त्रता र सार्वभौमसत्तालाई सुरक्षित राख्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगमा नयाँ दृष्टिकोण स्थापित गर्नुपर्छ।”

Page Views: 103
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama