Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भक्तपुरबाट इन्सास राइफलसहित एक जना पक्राउ, लुटिएको हतियार भएको आशंका

- shuvadmin / मङ्गलबार, फागुन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । भक्तपुरबाट इन्सास राइफलसहित विभिन्न हातहतियार बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३१ वर्षीय आयन सेढाई रहेका छन्। उनीलाई मंगलबार बिहान करिब ९ बजे सूर्यविनायक नगरपालिका–८ भुम्डोल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सेढाई गोरखाको पालुङटार नगरपालिका–९ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय भक्तपुर का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु का अनुसार सेढाईको साथबाट इन्सास राइफल १ थान, एसएलआर राइफलका गोली ४ राउण्ड, प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान तथा लागूऔषध प्रयोगमा आउने सिरिन्ज ५ थान बरामद गरिएको छ। प्रहरीका अनुसार बरामद गरिएको इन्सास राइफल ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको हतियार हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र हतियार कसरी र किन ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

Page Views: 105
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama