नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेकाे छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेकाे हाे ।
निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै अव पहिलाे वर्गमा पेट्राेल प्रतिलिटर १९९.५० दाेश्राे वर्गमा २०१ र तेश्राे वर्गमा २०२ कायम भएकाे छ । त्यसैगरि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पहिलाे वर्गमा १७९.५० दाश्राे वर्गमा १८१ र तेश्राे वर्गमा १८२ रुपैयाँ पुगेको छ ।
यसअघि निमगले हवाई इन्धनमा मूल्यवृद्धि गरेको थियो ।