Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

- शुभ बिहानी / बिहिबार, बैशाख ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले तत्कालका लागि डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरेकाे हाे भने हाललाई पेट्रोलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि गरिएको हाे । परिवर्तित मूल्यअनुसार, डिजेल/मट्टीतेलको प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा पनि निगम अत्यधिक घाटामा रहेको बताइएकाे छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको पनि निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्ति अनुसार पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको उल्लेख गरिएको छ ।

Page Views: 48
संबन्धित शिर्षकहरु
आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama