हिजाे साँझ गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते थापाकाे गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाएका छन् । उनका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि परेकाे चट्याङ लागेर थापा गम्भीर घाइते भएपछि उनलाइ उपचारका लागि प्रदेश अस्पताल गोरखामा लगिएकाे थियाे ।