Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हावाहुरीसहित वर्षाकाे सम्भावना

- शुभ बिहानी / बुधबार, बैशाख १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले पश्चिमी र स्थानीय वायुसँगे पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले मुलुककाे माैसममा परिवर्तन आएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकाे कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ ।

त्यसैगरि कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएइकाे छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।

त्यसैगरि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama