काठमाडौं-हेटौंडा जाेड्ने कान्ति लोकपथ पहिराेका कारण अवरुद्ध भएकाे छ । आज बिहान उक्त सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका ४, पाङदुरमा पहिरो खस्दा सडक अवरुद्ध भएकाे हाे ।
बिहान ५ बजेतिर खसेको पहिरोले सडक अवरुद्ध भएकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार अहिले काठमाडौं र हेटौंडा आवत जावत पूर्णरुपमा अवरुद्ध भएको बताइएकाे छ ।
त्यसैगरी ट्राफिक कार्यालयका अनुसार सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्डमा पनि पानी परेका कारण चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ । सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्वन्धित सबैमा आग्रह गरेको छ ।