गएराति पृथ्वी राजमार्गअन्तर्गत धादिङको महेशदोभान नजिकै २ वटा बस र १ ट्रक ठोक्किँदा १६ जना घाइते भएका छन् । २ वटा बस र १ ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस, काठमाडौँबाट वीरगञ्जतर्फ अर्काे बस र सोही दिशातर्फ गइरहेको जाँदै गरेको ट्रक राति ११ बजे तिर एकआपसमा ठोक्किएकाे बताइएकाे छ ।
उक्त दुर्घटनामा परि बसमा सवार १६ जना यात्रु घाइते भएका छन भने घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि घाइते भएकाहरूको बैरेनी अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।