Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु

- शुभ बिहानी / बिहिबार, बैशाख ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति भारतमा आएको भीषण आँधी र वर्षाका कारण झण्डै पाँच दर्जनकाे मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा आएको भीषण आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

भीषण आँधी र वर्षाका कारण सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । प्रयागराजमा १६ जनाको मृत्यु भएको छ भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाको मृत्यु भएको बताइएकाे छ ।

आँधी र वर्षाका कारण भदोहीमा ८ जना गम्भिर घाइते भएका छन् भने तीमध्ये ३ जनाको अवस्था नाजुक रहेकाले उनीहरूलाई थप उपचारका लागि वाराणसीको पठाइएको छ । प्रतिघन्टा तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू उखालिएका छन् भने बिजुलीका पोलहरू ढलेर कच्ची घरहरू भत्किएका छन् ।

अधिकांशकाे घरको पर्खाल भत्केर वा रूखले किचिएर मृत्यु भएको थियाे । आँधीका कारण मानिसका साथै पशुचौपायाको पनि ठूलो क्षति भएको छ । भदोहीमा मात्रै १६ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् । अहिले राहत तथा उद्धार कार्य जारी रहेकाे छ ।

आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama