Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले

- शुभ बिहानी / बुधबार, जेठ ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ)बाट बाहिर निकाल्ने बताएका छन् । सरकारले सबै सम्भव उपाय अवलम्बन गरेर देशलाई ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्न प्रयासरत रहेकाे बताएका हुन् ।

आज अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले एपिजीका प्रतिनिधिसँगको छलफलमा सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताए । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उनले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राखे ।

नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उनको भनाइ थियो । अर्थमन्त्री डा वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिए ।

पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उनले बताए । कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरे ।

छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ)ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो ।

उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै सोअनुसार काम गरिरहेको छ ।

Page Views: 107
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama