Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता

- शुभ बिहानी / सोमबार, जेठ ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

स्वास्थ्य मन्त्री निशा मेहता र नेपालका लागि भ्याक्सिनको सबैभन्दा ठूलो दाता भ्याक्सिन अलायन्स-गाभीका प्रतिनिधिबीच भेटवार्ता भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुचओ) को जेनेभामा जारी विश्व स्वास्थ्य महासभाको साइडलाइन भेटघाटको समयमा मन्त्री सहितको टोलीले नेपालको सबैभन्दा ठूलो भ्याक्सिन दाता गाभीको प्रतिनिधिसँग भेटवार्त गरेको हो ।

भेटमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य वित्तीय व्यवस्थापन तथा जीवनरक्षक स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य भएकाले भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ । गाभी सन् २००० देखि नेपालको राष्ट्रिय खोप कार्यक्रमको प्रमुख साझेदार अन्तराष्ट्रिय संस्था हो ।

पछिल्लो पटक गाभीले सन् २०२५ मा नेपालले हासिल गरेको रुबेला निवारण, एचपीभीलगायत विभिन्न जीवनरक्षक खोप कार्यक्रमको विस्तारमा प्राविधिक तथा वित्तीय सहयोग गरेका कारण नेपालमा ती खोप कार्यक्रम सफल भएकाे थियाे ।

आगामी सन् २०२६ नोभेम्बरदेखि नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेकाले खोप खरिद तथा स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमा वित्तीय व्यवस्थापनमा चुनौतीपूर्ण देखिएको र यही सन्दर्भमा गाभीको उच्चस्तरिय टिमसँग नेपालबाट भएको मन्त्रीस्तरिय भेटलाइ महत्त्वपूर्ण मानिएको छ ।

त्यसैगरि स्वास्थ्यमन्त्री मेहताले गाभीसँग भएको भेट अत्यन्त उपलब्धिमूलक भन्दै यसले नेपालको स्वास्थ्य वित्तीय व्यवस्थापनमा साझा लक्ष्य र सहकार्यको लागि झन बलियो समझादारी भएकाे बताइएकाे छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
ताजा अपडेट
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता
  • गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान
  • देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama