ट्राफिक प्रहरीले पछिल्लाे २४ घण्टामा २३ लाख ७१ हजार २४ रुपैयाँ राजस्व संकलन गरेकाे छ । ट्राफिक प्रहरीले २ हजार २ सय ९९ सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकलाई गरेकाे कारबाहीबाट उक्त राजस्व राज्यकोषमा दाखिला गरेकाे हाे ।
ट्राफिक कारबाहीमा मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जना रहेकाे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४४ र अन्य सवारी नियम पालना नगरेका १ हजार २ सय ९६ जनालाई कारबाही गरिएको बताइएकाे छ ।