आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अङ्कले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको हाे ।
त्यसैगरि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अङ्कले उकालो लागेर ४७३.५१ मा पुगेको छ भने कुल ३४६ कम्पनीको १ करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर रु ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्षस्थानमा रहेकाे छ भने अन्यमा नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेका छन् ।
कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्सका लगानीकर्तालाई आम्दानी भएकाे छ । त्यसैगरि नबिल डिवेञ्चर, बुङ्गल हाइड्रोपावर, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल बालाजुका लगानीकर्तालाई भने घाटा भएकाे छन् ।