Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटमा ओमानसँग भिड्दै

- शुभ बिहानी / आइतबार, जेठ २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल ओमानसँग भिड्दै छ । नेपाली समयअनुसार बिहान सवा ७ बजेबाट सुरु भएकाे प्रतियोगितामा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेकाे छ ।

सिंगापुरमा जारी प्रतियोगिताको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय गरेको नेपाली टोली हाल उत्कृष्ट लयमा देखिएको छ । समूह चरणका खेलहरूमा नेपालले चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले हराउँदै उपाधिका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ ।

अर्कोतर्फ, समूह ‘बी’ को उपविजेता बन्दै ओमान सेमिफाइनलमा प्रवेश गरेको हाे । यस छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका चारै वटा टोलीहरूले आगामी एसियन गेम्सका लागि आफ्नो स्थान पक्का गरिसकेका छन् । समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले यसअघि नै एसियन गेम्सको टिकट काटिसकेका हुन् ।

आज नै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
उदयपुरमा धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
अण्डाको मूल्य प्रतिगाेटा २५ पुग्याे
फेवातालमा फसेका १२ पर्यटकको उद्धार
ताजा अपडेट
  • उदयपुरमा धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
  • अण्डाको मूल्य प्रतिगाेटा २५ पुग्याे
  • फेवातालमा फसेका १२ पर्यटकको उद्धार
  • नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटमा ओमानसँग भिड्दै
  • सुनचाँदीको मूल्य घट्याे
  • परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै
  • ट्राफिकले एकैदिन उठायाे २० लाख बढि राजस्व
  • विद्यार्थीलाई झोला र स्टेसनरी सामान वितरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama