रुपन्देही क्रिकेट संघकाे अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको गएराति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गर्दै थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरेका थिए ।
भैरहवाका व्यवसायी समेत रहेका थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि थापाले गौचनलाइ पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । यसपटककाे निर्वाचनमा थापा र गौचन पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।
पदाधिकारीसहित अधिकांश सदस्यमा पनि थापा प्यानलका उम्मेदवार विजयी भएकाे बताइएकाे छ । जसकाे उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।
संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका छन् ।