Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विमानस्थलबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फर्काइयाे

- शुभ बिहानी / मङ्गलबार, जेठ २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई विमानस्थलबाट फर्काइएको हाे ।

उनीहरूलाई ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा रहेको जनाउँदै हिजाे बिहान विमानस्थलबाटै फर्काइएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार अध्यागमन विभागको रेकर्डमा उनीहरूको नाम कालोसूचीमा रहेकाले विदेश प्रस्थान अनुमति नदिइएको बताइएकाे छ ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा विभागले गत वैशाख महिनामा नै एन्फाका सबै पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उनीहरूलाई अमेरिका जानबाट रोकिएको बुझिएको छ ।

आगामी फिफा विश्वकप २०२६ मा सहभागी हुन विदेश जान पाउनुपर्ने माग राख्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आइतबार राखेप पुगेका थिए । उनीहरूले विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरे तापनि राखेपले उक्त बाटो खुला गर्न स्पष्ट रूपमा अस्वीकार गरेको थियो ।

Page Views: 126
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama