इरानले बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफस्वरूप उक्त ड्रोन आक्रमण गरेको हाे ।
दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै आईआरजीसीले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सैन्य आक्रामकता कायम रहेमा अझ कडा कदम चालिने चेतावनी दिएको अलजजिराले जनाएको छ । आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक तथा केशम टापुका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ ।
जारी विज्ञप्तिअनुसार ती अमेरिकी आक्रमणबाट एउटा दूरसञ्चार टावरमा क्षति पुगेको छ भने सिरिकको बेमानी जिल्लामा रहेका दुईवटा पानीका ट्यांकी नष्ट भएकाे बताइएकाे छ ।