Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा

- शुभ बिहानी / बुधबार, असार १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीकाे कारबाहीबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा थालेको नियमित तथा बिशेष चेकिङका क्रममा चालकहरूलाई कारबाही गरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । ट्राफिक प्रहरीले गरेकाे कारबाहीमा निषेधित क्षेत्रमा हर्न बजाउने १०८ र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना चालक रहेका छन् ।

त्यसैगरि लेन अनुशासन पालना नगर्ने ५६ जना, सवारीसाधनको यान्त्रिक अवस्था जाँच नगरी सडकमा निकाल्ने ३५ जना र निर्धारित मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदुषण गर्ने १४ जना चालक पनि कारबाहीमा परेका छन भने सबैभन्दा बढी अन्य विविध ट्राफिक नियम पालना नगर्ने १ हजार ७४६ जना रहेका छन् ।

त्यसैगरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २०७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना र ट्राफिक सङ्केत बत्ती (रेड लाइट) उल्लंघन गर्ने १४० जना चालक पनि कारबाहीमा परेका छन् । उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकिङ र कारबाहीलाई अझै तीव्र पार्ने जनाएको छ ।

Page Views: 103
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama