Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असार १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशकाे विभिन्न भागमा पानी पर्दै

- शुभ बिहानी / सोमबार, असार १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडाैँ उपत्यकालगायत देशकाे विभिन्न पानी परिरहेकाे छ । अहिले गण्डकी र लुम्बिनी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र मधेश प्रदेशका थोरै स्थनमा मेघगर्जन चट्याङ्ग सहित पानी परिरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

नेपालमा मनसुनी वायु सकृय हुन थालेसँगै अहिले देशकाे विभिन्न स्थानमा वर्षा सुरु भएकाे हाे । महाशाखाका अनुसार लमजुङको भोर्लेटारमा सबै भन्दा बढी ११४ मिलिमिटर पानी परेको छ भने त्यसैगरि चितवन, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा पनि ठुलो पानी परेको बताइएकाे छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ भने कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको बताइएकाे छ ।

आज राति कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि देशैभर एकैसाथ पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
आज राष्ट्रिय सभाको बैठक बस्दै
आज कुन राशिकाे राशिफल कस्ताे
आज धान दिवस मनाइँदै
ताजा अपडेट
  • आज राष्ट्रिय सभाको बैठक बस्दै
  • देशकाे विभिन्न भागमा पानी पर्दै
  • आज कुन राशिकाे राशिफल कस्ताे
  • आज धान दिवस मनाइँदै
  • ट्राफिक प्रहरीले २४ घण्टामा ५ लाख बढि राजस्व उठायाे
  • वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ
  • डीआर कंगो नकाउटमा प्रवेश,साउथ कोरिया बाहिरियाे
  • भण्डारीको ७५औँ जन्मजयन्ती मनाउँदै फाउण्डेसन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama