Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभ्रेमा बर्डफ्लुकाे उच्च जाेखिम ४० हजार हाँस र कुखुरा नष्ट गरियाे

- शुभ बिहानी / मङ्गलबार, असार १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लाे समय काभ्रेमा बर्डफ्लु संक्रमण उच्च जाेखिम बढेपछि ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।

बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले जनाएका छन् । मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ भने सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको छ ।

प्रयोगशालाबाट परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसकेकाे कारण सङ्क्रमणदर बढ्दै गएको छ । व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै ठाकुरले कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

संक्रमण बढेसँगै काभ्रे जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको संक्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइएको थियो । अहिले जाेखिम बढ्न थालेपछि उच्च सतर्कता अपनाउन सम्वन्धित सबैमा अनुराेध गरिएकाे छ ।

Page Views: 87
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama