मोरक्कोसँग नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पराजित भएकाे छ । पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हाे ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको हो । मेक्सिकोसँग पराजित नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ ।
त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियाे भने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरेका थिए भने उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएका थिए ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्कायो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।
त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।