Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

केहि भूभागमा हावाहुरी सहित भारी वर्षा हुने

- शुभ बिहानी / बुधबार, असार १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालको कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका अन्य बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै भोलिसम्ममा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार हुने सम्भावना रहेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर पूर्णतया बादल लाग्ने र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुराेध गरेकाे छ ।

आज राति पनि देशभर बादल लाग्ने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरि पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना कायमै रहेकाे छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको हुनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Page Views: 60
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama