Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कक्षा १२ को पूरक परीक्षाको परीक्षाफल प्रकाशित

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो ।

साउन २ र ३ गते सञ्चालन गरिएको उक्त मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त (उत्तीर्ण) गरेका छन् ।

पूरक परीक्षामा कुल परीक्षार्थीको ८१.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अनियमितता गरेको वा तोकिएको मर्यादा विपरीत काम गरेको पाइएकाले तीन जना परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ ।

नतिजा हेर्ने तरिका परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) वा नेपाल टेलिकमको नतिजा पोर्टल (www.neb.ntc.net.np) मार्फत आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा तथा ग्रेडसिट हेर्न सक्नेछन् ।

इन्टरनेट नभएको अवस्थामा नेपाल टेलिकमको सिम प्रयोगकर्ताले मोबाइलको म्यासेज बक्समा गएर NEB (स्पेस) आफ्नो ‘सिम्बोल नम्बर’ टाइप गरी १६००मा म्यासेज पठाएर वा १६०१ मा कल गरेर पनि नतिजा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

पुनर्योग र प्रमाणपत्रसम्बन्धी व्यवस्था पुनर्योग: प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय रु. १,००० दस्तुर बुझाएर साउन २४ गतेदेखि साउन ३० गते साँझ ५ बजेभित्र बोर्डको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

त्रुटि सच्याउने: नतिजामा अनुपस्थित, नतिजा स्थगित वा अन्य कुनै प्राविधिक कारणले त्रुटि देखिएमा वा विवरण फरक परेमा आवश्यक कागजातसहित ६ महिनाभित्र परीक्षा नियन्त्रण कार्यालय वा बोर्डका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क गर्न सकिने पनि बोर्डले जनाएको छ ।

Page Views: 69
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama