Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२५० को सामान किनेका उपभोक्तालाई १० लाख उपहार

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएकाे नतिजा अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् ।

बम्पर उपहार १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो भने अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।

१० लाख रुपैयाँ विजेताको कुपन नम्बर करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । यसको पहिलो घोषणा आज गरिएको हो । हरेक १५ दिन १५ जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

त्यसका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्छन् ।

क्यूआर मार्फत गरिने कारोबारमा भने प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले बिल इन्ट्री गर्नुनपर्ने विभागले जनाएको छ । विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि योग्य हुनेछ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama