आज भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । उनि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच रहँदै आएको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरता स्वरूप एक-अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहेकाे छ ।
सन् १९५० देखि निरन्तर कायम रहेको यो अभ्यास दुई देशका सेनाबीचको आपसी विश्वास र अनुपम सम्बन्धको प्रतीकका रूपमा रहँदै आएको छ । यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई गत २०८१ मंसिर २७ गते भारतको नयाँदिल्लीस्थित एक विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरेकी थिइन् ।
नेपालकाे ५ दिने औपचारिक भ्रमणमा आउन लागेका भारतीय सेनाप्रमुख सेठले नेपाल बसाइका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह लगायतका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
सेठ प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउन लागेका पहिलो उच्च अधिकारी हुन् ।