Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

म्यानपावर कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा श्रमिक नपठाउने

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत आजदेखि ठप्प पारेको हाे ।

संघले सरकारलाई आफ्ना माग सम्बोधन गर्न पटक–पटक आग्रह गरे पनि त्यसप्रति आवश्यक चासो नदेखाएपछि आन्दोलनलाई थप कडा बनाउँदै पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको बताइएकाे छ ।

संघले यसअघि आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो भने वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अब देशभर सञ्चालनमा रहेका म्यानपावर कम्पनीबाट हुने नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात प्रक्रिया तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अन्य काम प्रभावित हुनेछ । संघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेत गरेको छ ।

आजदेखि हुने म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिक प्रभावित हुने देखिएको छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama