सरकारले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आज देशभरि सार्वजनिक बिदा दिएको छ । यसअघि भदाै १८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको उक्त जेनजी आन्दोलन आज एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलन पश्चात राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।
एक वर्ष अघि भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो ।
दुई दिनको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।