Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलको तेस्रो संस्करणमा ७५ करोडको आर्थिक कारोबार हुने अनुमान

- शुभ बिहानी / आइतबार, कार्तिक ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काले आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट विक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएका हुन् । उनले प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकाे बताएका छन् ।

कोषाध्यक्ष खड्काले टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने बताए । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताएका छन्।

एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान गरिएकाे छ । त्यस्तै एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा समेत गरेकाे क्यानले जनाएको छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
ताजा अपडेट
  • सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
  • आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
  • आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
  • आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
  • राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा विधिपूर्वक पूजाअर्चना
  • एनपीएलको तेस्रो संस्करणमा ७५ करोडको आर्थिक कारोबार हुने अनुमान
  • सवारी नियम उलंधन गर्ने साढे ४ सय बढी सवारीसाधन कारबाहीमा
  • आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama