Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै

- शुभ बिहानी / सोमबार, कार्तिक १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि एनपीएल (नेपाल प्रिमियर लिग) को तेस्रो संस्करण काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबीचको खेल आज दिउँसाे साढे ४ बजे सुरु हुनेछ भने प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी हुने छन् ।

तेस्रो संस्करणकाे प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ भने त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणका खेल हुनेछन् । तेस्रो संस्करण प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।

यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिएका छन् ।

अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि बढाइएको हो । गत संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यतिबेला विजेताले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहेकाे यस खेलमा पुरस्कार राशि र डीआरएस प्रविधिको प्रयोगले तेश्राे संस्करणको एनपीएललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

Page Views: 10
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
ताजा अपडेट
  • सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
  • आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
  • आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
  • आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
  • राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा विधिपूर्वक पूजाअर्चना
  • एनपीएलको तेस्रो संस्करणमा ७५ करोडको आर्थिक कारोबार हुने अनुमान
  • सवारी नियम उलंधन गर्ने साढे ४ सय बढी सवारीसाधन कारबाहीमा
  • आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama