Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काँग्रेस नेता गोविन्दराज जोशी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको साढे २० वर्षपछि दोषी ठहर

- shuvadmin / सोमबार, साउन १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको साढे २० वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना फैसला सुनाएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार, सार्वजनिक पुगेका व्यक्तिले आफ्नो वैधानिक आम्दानीको तुलनामा अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गर्नु भ्रष्टाचार हो ।

त्यही प्रक्रियाअनुसार जोशीमाथि दुई दशकअघि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैंया भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त र बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

यसअघि उनलाई विशेष अदालतले डेढ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतले कैद सजाय आधा घटाएर ९ महिना मात्रै कायम गरिदिएको छ ।

अब उनले तत्काल कैद सजाय भोग्नुपर्नेछ । उनको जरिवाना पनि झण्डै दुईतिहाइले घटेको छ ।

यसअघि विशेषले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना सुनाएकामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्ट्याउदै ६९ लाख १५ हजार रुपैंया मात्रै जरिवाना गर्ने फैसला गरेको छ ।

२०५९ सालमा प्रतिनिधिसभामा भ्रष्टाचार नियन्त्रण ऐनको संशोधन विधेयक पेस गर्दा जोशी स्वयं गृहमन्त्री थिए ।

सो विधेयकमा सार्वजनिक पदमा रहेकाहरुले अस्वभाविक जीवनस्तर अपनाएको देखिएमा अख्तियारले छानबिन गर्नसक्ने र सम्पत्तिको स्रोत खुलाउन नसकेमा भ्रष्टाचार मुद्दा दायर हुने उल्लेख थियो ।

आफैँले पेस गरेको विधेयक पारित भएपछि जोशी स्वयं त्यसको सिकार बने । २०४८ सालपछिको एक दशकसम्म सातपटक मन्त्री बनेका थिए ।

उनले त्यसबीचमा जलस्रोत, शिक्षा, गृहलगायत विभिन्न महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए ।

२०५० सालसम्म सामान्य आर्थिक हैसियत भएका जोशीको मन्त्री भएपछिको जीवनस्तर अस्वाभाविक देखिएको दाबी गर्दै अख्तियारले २०६० सालमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Page Views: 46
संबन्धित शिर्षकहरु
आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama