Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

- shuvadmin / बिहिबार, साउन १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा ब्राम्पटन वुल्भ्सविरुद्ध भ्यानकुभर नाइट्समा आबद्ध नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले राम्रो प्रदर्शन गरेका छन् ।

टिम लगातार चौथो हार बेहोर्नेक्रममा ६ विकेटले पराजित भएपनि दीपेद्रको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको हो ।

ब्राम्पटनविरुद्ध उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस खेलमा दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् ।

दीपेन्द्रले फिल्डिङमार्फत अस्ट्रेलियन स्टार तथा ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे ।

यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँचरपाँच रन खर्चिए ।

दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ ।

उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए ।

आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए ।

भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।

Page Views: 26
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama