Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभा महिला भलिबल लिग आजदेखि, नेपाल र श्रीलंका भिड्दै

- shuvadmin / बिहिबार, साउन १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काभा महिला नेसन्स भलिबल लिगको पहिलो खेलमा आयोजक नेपालले आज श्रीलंकाको सामना गर्दैछ ।

यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यस प्रतियोगितामा उपाधि जित्ने लक्ष्य लिएको छ । त्यसका लागि टिम पूरा तयार रहेको कप्तान अरुणा शाहीले बताइन् ।

उनले रसियासँगको दुई मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधारेको बताइन् ।

यस्तै, श्रीलंकन टिमकी कप्तान थिलिनी परेराले पनि उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताइन् ।

एक सातासम्म चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।

बिहीबार नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल १८ साउनमा भारतसँग खेल्नेछ ।

त्यस्तै, नेपालले २० साउनमा माल्दिभ्स तथा लिग चरणको अन्तिम खेलमा २१ साउनमा इरानसँग खेल्ने तालिका छ ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ ।

Page Views: 144
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama