Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनै पर्ने

- shuvadmin / शुक्रबार, साउन १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ ।

एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो ।

आयोगका सदस्यसचिव काप्रीले भने , “धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ ।

नेपालमा पनि सोही व्यवस्था लागू गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।”

केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो ।

सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाइएको काप्रीले जानकारी दिए ।

उनले अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ ।

नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् ।

“तर, तीनवर्षे नर्सिङ पढेपछि रोजगारीमा कुन हैसियतमा जाने रु यसलाई लोक सेवा आयोगले मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ,” काप्रीले भने , “नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्डले यी सबै विषयलाई स्पष्ट पार्ने छ ।

त्यसपछि आयोगको बैठकले पारित गरेपछि मात्रै कार्यान्वयन चरणमा जान्छ ।” अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ ।

प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ (बिएन) अध्ययन गर्ने बाटो खुल्छ । त्यसबाहेक कक्षा १२ मा विज्ञान विषय पढेकाले बिएस्सी नर्सिङ पढ्न पाउँछन् ।

एसइईपछि दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्था गर्दा विद्यार्थीका लागि अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने विश्वास आयोगले लिएको छ ।

पछिल्लो समय मुलुकमा नर्सिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढे पनि रोजगारीको अवस्था भने चित्तबुझ्दो छैन् ।

नेपालमा वार्षिक चार हजार नर्स रोजगारी बजारमा जाने गरेका छन् । हाल नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर, अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको छ ।

सम्बन्धन दिन निर्देशन

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो ।

चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लगायत सरोकारवाला निकायका अधिकारी बैठकमा सहभागी भएका थिए ।

मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिने सहमति भए पनि समितिले लिखित निर्देशन भने दिएको छैन । यस विषयमा थप निर्णय गरिने समितिले जनाएको छ ।

अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।

Page Views: 18
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama