Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सातौं खेलमा भ्यानकुभरको पहिलो जीत, सन्दीपको उत्कृष्ट बलिङ

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० लिगमा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले सातौं खेलमा जीतको खाता खोलेको छ ।

उसले आज बिहान सम्पन्न खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मोन्ट्रियल टाइगर्सलाई ५ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

मोन्ट्रियलले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रीजा हेन्ड्रिक्सले ३९, कप्तान उस्मान ख्वाजाले ३१ र रिची बेरिङ्टनले १७ रन जोडे ।

यस्तै, दीपेन्द्रले दुई बलमा अविजित पाँच रनको योगदान दिए । बलिङमा अजमातुल्लाह उमरजाई र गेहार्ड इरास्मसले सर्वाधिक दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियल १९.२ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

उसका लागि अजमातुल्लाह उमरजाईले ३०, शेर्फेन रदरफोर्डले २२, कलीम सानाले ११ र टिम साइफर्टले १० रन बनाए ।

भ्यानकुभरका लागि बलिङमा मोहम्मद आमिरले तीन, सन्दीप लामिछाने, हर्ष ठाकर र ड्वेन प्रिटोरियसले दुईरदुई तथा ऋषभ जोशीले एक विकेट लिए ।

यस खेलमा सन्दीपले ३.२ ओभर बलिङ गर्दै १४ रन दिएर दुई विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले एक ओभरमा बिनाविकेट ११ रन दिए ।

यो जीतपछि भ्यानकुभरले शीर्ष चारमा स्थान बनाउन नसके पनि सुखद अन्त्य भने गर्‍यो ।

उसले यसपटक सात खेलमा पाँचमा हार, एकमा जीत र एक खेलमा अंक बाँड्यो । भ्यानकुभर क्वालिफायर दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

मोन्ट्रियल यो हारपछि दोस्रो स्थानमा झरेको छ । उसले पाँच म्याच खेल्दा तीनमा जीत र दुई खेलमा पराजय बेहोरेको छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama