Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभा भलिवलको फाइनल आज, उपाधिका लागि नेपाल र भारत भिड्दै

- shuvadmin / बुधबार, साउन २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाण्डूमा जारी​ काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशालाको कभर्डहलमा बुधबार साँझ ५ बजेदेखि सुरु हुनेछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो ।

लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लियो । लिग चरणमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको थियो ।

यस्तै, लिग चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलको पहिलो सेट नेपालले २५–१८ ले जित्यो ।

खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लगायो ।

चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५–१३ ले हराउँदै ऐतिहासिक जीत निकाल्यो ।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जीत निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ आज मैदान उत्रनेछ ।

भारतीय टोली लिग चरणको हारको बदला लिँदै नेपाललाई हराएर लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ ।

विगत तीन संस्करणमा यो प्रतियोगिता ‘काभा महिला भलिबल च्यालेञ्ज कप’को नामबाट आयोजना गरिएको थियो ।

काभामा हालसम्म नेपाली महिला टिमले सर्वाधिक दुईपटक उपाधि जितेको छ ।

सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्करण राउन्ड रोबिनमा खेलाइएको थियो ।

उक्त संस्करणमा नेपाल तालिकाको शीर्षमा रहँदै च्याम्पियन बन्यो । उक्त सिजनमा भारतले भने सहभागिता जनाएको थिएन ।

यस्तै, सन् २०२१ मा भएको दोस्रो संस्करणमा पनि नेपाल च्याम्पियन बन्यो । उक्त सिजनको फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

भारतले भने सो संस्करणमा पनि भाग लिएन । उसले सन् २०२३ को काभामा भने सहभागिता जनायो ।

भारतले फाइनलमा काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि पनि जित्यो । उक्त संस्करणमा नेपाल भने तेस्रो भयो ।

यसपालि नेपाल सो प्रतियोगिताको नतिजामा सुधार गर्दै डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर तेस्रोपटक उपाधि जित्न चाहन्छ ।

यदि आज भारतलाई हराउन सके नेपालले अर्को इतिहास रच्नेछ । हालसम्म भलिबलमा भारतलाई हराएर उपाधि जित्न सकेको छैन ।

Page Views: 24
संबन्धित शिर्षकहरु
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama