Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि एसइई ग्रेड वृद्धि परीक्षा

- shuvadmin / बुधबार, साउन २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा हँदै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदै छन् ।

यस्तो परीक्षामा सहभागी हुन जिल्लामै फाराम भर्न पाउने व्यवस्था छ । महिना दिनअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेका हुन् ।

एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो ।

यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तात्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरिएको थियो ।

परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ । सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ । परीक्षा सञ्चालनका लागि सात करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
गर्मीका कारण विद्यालय बन्द
कक्षा १२ को नतिजा सार्वजनिक
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama