Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रोहित पौडेलआबद्ध टोरन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

- shuvadmin / सोमबार, साउन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, चौथो संस्करणको ग्लोबल टी–२० क्यानडा लिगको उपाधि नेपाली कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्सलाई ९ विकेटले हराउँदै टोरन्टोले उपाधि जितेको हो ।

उसले पहिलोपटक ग्लोबल टी–२० को उपाधि जितेको हो । फाइनलमा मोन्ट्रियलले दिएको ९७ रनको झिनो लक्ष्य टोरन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि एन्ड्रिज गौसले ४९ बलमा ८ चौकासहित अविजित ५५ रन बनाए । यस्तै, रस्सीभानडर दुसेनले अविजित ३० रन जोडे ।

मोन्ट्रियलका लागि अजमातुल्लाह उमरजाई र कर्बिन बोशले मात्र एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो ।

उसका लागि कर्बिन बोशले ३५, जसकरण सिंहले १६ र अनूप रविले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत जोड्न सकेनन् ।

टोरन्टोका लागि जेसन बेहरेन्डोर्फले तीन, रोमारियो सेफर्डले दुई तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एकरएक विकेट लिए ।

टोरन्टोमा आबद्ध रोहितले भने फाइनल खेलमा पनि प्लेइङ–११ मा मौका पाएनन् । यस सिजनमा टोरन्टोले कुल १० म्याच खेल्दा उनले दुई खेलमा मात्र प्लेइङ–११ मा मौका पाए ।

यद्यपि रोहित आफ्नो पहिलो सिजनमै च्याम्पियन टिमको सदस्य भने बने । यसपालि अरू नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध थिए ।

उनीहरूआबद्ध भ्यानकुभरले खराब प्रदर्शन गर्‍यो । ऊ तालिकाको पुछारमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama