Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सन्सनिपूर्ण पेरिस ओलम्पिकको भव्य समापन, १२६ पदकसहित अमेरिका पहिलो र ९१ पदकसहित चीन दोस्रो

- shuvadmin / सोमबार, साउन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, ३३ औँ ओलम्पिक खेल समापन समारोह संगीतमय भएको थियो । खेल, स्क्रिन र संगीतका लहरले समापन समारोहलाई भव्य तुल्याएको थियो ।

अभिनेता टम क्रूज फ्रान्सको छानोबाट ओलम्पिक झन्डा संकलन गर्न झरे । जुन झण्डा अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरियो ।

जहाँ सन् २०२८ मा अर्को ओलम्पिक हुनेछ । झण्डा हस्तान्तरण गरेसँगै अभिनेता टम मोटरसाइकलमा बाहिरीए ।

हट चिल्ली पेप्पर, बिली आइलिस, स्नुप डाग र डा ड्रले पेरिसको वेनिसमा भव्य संगीत प्रस्तुत गरे । जसले ३३ औँ ओलम्पिक समारोहलाई भव्यपूर्वक सम्पन्नसम्म पुर्‍यायो ।

त्यसैगरी पेरिसको रंगशालाभित्र, स्वर्ण पदक विजेता एलेक्स यी र ब्रायोनी पेजले समारोहमा बेलायतको झण्डा लिएका थिए ।

यस ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रह्यो भने चीनले ४० स्वर्ण, २७ कास्य र २४ रजतसहित ९१ पदक जितेर दोस्रो स्थान हात पार्‍यो ।

यस ओलम्पिकमा बेलायतले १४ स्वर्ण, २२ कास्य र २९ रजतसहित ६५ पदक जितेर तेस्रो स्थानमा रह्यो भने आयोजक फ्रान्सले १६ स्वर्ण, २६ कास्य र २२ रजतसहित ६४ पदक जितेर चौथो स्थान प्राप्त गर्‍यो ।

यस भव्य समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ओलम्पिक खेलका बारेमा आफ्नो धारणा राखेका थिए ।

यही वर्षको अगस्ट २८ देखि सेप्टेम्बरसम्म फ्रान्सको राधानी पेरिसमा प्यारा ओलम्पिक खेल हुनेछ ।

Page Views: 31
संबन्धित शिर्षकहरु
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama