Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्वास्थ्य वीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी

- shuvadmin / सोमबार, साउन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य वीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी वीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् ।

आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले वीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य वीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी गराए ।

वीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दावी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने पौडेलले बताए ।

हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य वीमा उपलब्ध गराउने व्यवस्था गर्ने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।

मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए ।

सवै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको उनको भनाइ छ ।

त्यस्तै औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने, सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरूको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने लगायतका कार्ययोजनासमेत सार्वजनिक गरिएको छ ।

पौडेलले पूर्वस्वास्थ्यमन्त्री, पूर्व स्वास्थ्य सचिव, स्वास्थ्यका विभिन्न सरोकारवाला निकाय र प्रतिनिधि, विज्ञलगायतसँग सुझाव संकलन गरी कार्ययोजना तयार पारेका हुन् ।

Page Views: 22
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama