Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राज्यमन्त्रीविहीन बनाइयो मधेश सरकार, अब १२ सदस्यीय मन्त्रिपरिषद्

- shuvadmin / मङ्गलबार, साउन २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, मधेश प्रदेश सरकारका ८ जना राज्यमन्त्रीलाई पदबाट हटाइएको छ।

जम्बो मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना खेपेका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीका नीजि सचिव लुम्बनाथ पोखरेलले पदमुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट आएको पुष्टि गरे।

‘८ जना राज्यमन्त्रीहरूलाई पदमुक्त गरिएको पत्र आएको छ,’ उनले भने, ‘सँगसँगै १२ जनाको मन्त्रिपरिषद् पुनर्गठन गरिएको जानकारी पनि पत्रमा गरिएको छ।’

तर, नेकपा एमालेको तर्फबाट राज्यमन्त्री बनेका तीन सांसदले हिजो (सोमबार) नै पार्टी संसदीय दलका नेता सरोजकुमार यादवलाई राजीनामा बुझाइसकेको दाबी गरे।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव रायले भने, हामीले संसदीय दलको नेतालाई हिजो नै राजीनामा बुझाएका हौँ।

उहाँले आज मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको छ।’

आफूहरू ‘नौलो गणतन्त्र’को अभ्यासमा रहेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह र रन्जु खंग, कांग्रेसका रेखा ठाकुर र निलम कुमारी राज्यमन्त्री नियुक्त गरेका थिए।

उनीहरू सबैलाई सिंहले पदमुक्त गरेका हुन्। यो सँगै अब मधेस सरकारको क्याबिनेटमा १२ जना मन्त्री रहनेछन्।

Page Views: 12
संबन्धित शिर्षकहरु
दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama