Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सबैको सहमतिमै संविधान संशोधन गर्नुपर्छ : वरिष्ठ नेता डा. शेखर

- shuvadmin / शुक्रबार, साउन ३२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले कांग्रेस/एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए ।

संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनको तर्क छ ।

डा. कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।

भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने उनको जिकिर छ ।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडीसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाँउपालिकाले मिर्गौला, मुटु तथा मधुमेह सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

नेता डा. कोइरालाले बिरामी जाँच गर्दै नि: शुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरेका थिए ।

Page Views: 18
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama