Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु ,६ जनाको जीवितै उद्धार

- shuvadmin / सोमबार, भदौ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बझाङ, बझाङको विकट बुङ्गल नगरपालिका वडा–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चार जनाको मृत्यु भएको छ ।

गाउँमा एक्लै रहेको स्थानीय बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामी की श्रीमती वर्ष ५५ की काली धामी , बुहारी वर्ष २५ की गोल्की धामी र नातिनीहरू वर्ष ६ की आकृति धामी र वर्ष ३ की लक्ष्मी धामीको पहिरोमा च्यापिएर मृत्यु भएको छ ।

राति सुती रहेको समयमामा घरको माथिबाट पहिरो आउँदा घरमा रहेका अन्य ६ जनालाई स्थानीयहरूले उद्धार गरेर बाच्न सफल भएको भएको प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए ।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय भरत महराले भने , “गाउँबाट दुई किलोमिटर एक्लै घर भएकाले अन्य गाउँका मानिसले समेत घटनाको बारेमा ढिलो थाहा पायौ ।

घटनाको बारेमा जानकारी पाउना साथ प्रहरीलाई खबर गरेका थियौ । राति भारी वर्षा र अन्य घटनाको समेत जोखिमको सम्भावना भएकाले प्रहरी टोली समेत बिहान मात्र आई पुगेको थियो”।

भिरालो जमिन र जोखिमपूर्ण बसाई भएकाका कारण यो दुर्घटना निम्तिएको समेत स्थानीयको भनाई छ ।

स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको थियो । बिराका छोरा उज्ज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए ।

उनले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाति र एक बुहारीको जीवितै उद्धार गरिएको थियो ।

घटनास्थल तर्फ प्रहरी नायव उपरीक्षक भण्डारी सहितको टोली समेत गएको छ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
आजबाट भरी सिलिण्डर ग्यास पाइने
ताजा अपडेट
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama